सलिकोले बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले सहभागी हुन पाउने

९ आश्विन २०८०, मंगलवार १०:२४

काठमाडों । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले यही असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिनका लागि एस.एल.सी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

तालिम लिन योग्य एवम् इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जनकपुर शाखा कार्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*