पाँच अंकले घट्यो नेप्से
८ आश्विन २०८०, सोमबार १५:०५
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।
आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको छ ।
नेप्से घटेसँगै आज ११ उपसूचकमा रातो पोतिएको छ । म्युचुअल फण्ड ०.३८ तथा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशतले बढेको छ ।
आज इन्भेष्टमेन्ट उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ ।