नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो ७७ औं वर्षमा प्रवेश गरेको छ ।
नेपाल सरकारको स्वामित्वमा वि.सं. १९९४ सालमा स्थापना भएको नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन प्रचलित कानुन बमोजिम वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई विगत ७६ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रहेको यस कम्पनीले ७६ औं वर्षको इतिहास पुरा गरी असोज ८ गतेबाट ७७ औं वर्षमा प्रवेश गरेको हो ।
नेपालको निर्जीवन बीमाको क्षेत्रमा अहम् भुमिका निर्वाह गरेको यस कम्पनीले आगामी दिनमा अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम सेवाहरु, सूचना प्रविधिको उच्चतम प्रयोग, बीमा सम्बन्धी चेतनाका कार्यक्रमहरु संचालन लगायत ग्रामिणस्तर सम्म बीमा सेवाको पहुँच पुर्याई ग्राहकहरुको अधिकतम् सन्तुष्टिलाई ध्यानमा राख्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएको छ ।