एक कम्पनी एक अभिकर्ता लघुबीमा कम्पनीमा लागू नहुने, पाँचसय नयाँ अभिकर्ता दक्ष बनाईदै
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुमा एक कम्पनी एक अभिकर्ता लागू नहुने भएको छ । हाल लघुबीमा कम्पनीको ऐनमा यस बिषयमा उल्लेख नभएको र प्राधिकरणले एक कम्पनी एक अभिकर्ता लघुबीमा नहुने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताएका छन् ।
प्राधिकरणले यो व्यवस्था हालललाई लघुबीमा कम्पनीहरुमा लागू नगर्ने भएसँगै जीवन बीमा कम्पनीहरुमा काम गर्दै आईरहेका अभिकर्ताले लघु जीवन बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले नेपाल सरकारले न्यून आय भएकाहरुको लागि ल्याएको लघुबीमा कम्पनीहरु सेवामूलक भएको भन्दै लघुबीमा कम्पनीहरुमा काम गर्ने अभिकर्तालाई सिमित दायरा नराखिने जानकारी दिएको छ।
स–साना बीमा मात्र गराउन एउटै बीमा कम्पनीहरुको भर पर्ने अभिकर्ताहरु लघुबीमा कम्पनीहरुले पाउने छाटकाँट नदेखिएपछि प्राधिकरणले लघुबीमा कम्पनीहरुमा एक कम्पनी एक अभिकर्ताको व्यवस्था लागू नगर्ने भएको हो।
नेपाल बीमा प्राधिकरणको व्यवस्था अनुसार एक बीमा कम्पनी एक अभिकर्ताको व्यवस्था लागू रहेको छ। बीमा अभिकर्ता कम्पनीको मेरुदण्ड भएको भन्दै अभिकर्ता पेशा मर्यादित बनाउन बीमा प्राधिकरणले व्यवस्थाहरुमा कडाई गर्दै आईरहेको छ ।
केष्ट माईक्रो प्रमुख कार्यकारी अधिकृत लाइफका सिईओ प्रतापमान श्रेष्ठले लघुबीमा कम्पनीहरुको टार्गेट थोरै हुने भएको कारण यो व्यवस्था लागू हुन नहुने बताएका छन् ।
उनले न्यून आय भएका वर्गहरुमा समेट्ने बीमाको पहुँच वृद्धिको लागि संचालनमा ल्याएको लघुबीमा कम्पनीहरुमा एउटै कम्पनीमा काम गर्ने बिषय सम्भव नरहेको बताँउछन् ।
गार्डियन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले लघुबीमा कम्पनीले साना साना बीमा मात्रै गराउने भएकाले ‘एक अभिकर्ता एक कम्पनी’को नियमका कारण कोही पनि अभिकर्ता काम गर्न तयार नभएको सन्दर्भमा प्राधिकरणको निर्णय सकारात्मक आएको बताए ।
उनले पूराना अभिकर्ताहरु नियूक्त गर्न पाउने व्यवस्थाले पनि आफूहरुलाई केही सहज भएको बताए । भण्डारीले कर्पोेरेट नेपालसँग भने, ‘लघुबीमा कम्पनीहरुलाई अन्य ठूला बीमा कम्पनीहरुकै अभिकर्ताले बीमा गराउन मिल्ने व्यवस्था गरिएको छ । बीमा बुझ्नुभएका पूराना अभिकर्ताहरुले काम गर्न पाउने व्यवस्थाले लघुबीमामा अभिकर्ता राख्न मद्दत नै गर्छ भन्ने लाग्छ ।’
लघुबीमा कम्पनीका लागि नयाँ अभिकर्ताहरु राख्न नमिल्ने बाध्यता भएकाले नै पूराना अभिकर्ताहरुबाटै काम गर्ने प्रावधान ल्याइएको प्राधिकरणका केही कर्मचारीहरुको भनाई छ ।
लघुबीमा कम्पनीहरु हाल आफै अभिकर्ता राख्न परिक्षा र तालिम लिन व्यस्त छन् । लघुबीमा कम्पनीका अभिकर्ताहरुको छुटै ऐन तयार भईनसक्दा कम्पनीहरु पनि अन्यौलमा रहेका छन्।
लघुबीमामा मात्रै काम गर्दा अभिकर्ताहरुले पाउने सुविधा के कस्तो हुने हो ? केही टुङ्गो छैन । यस्तो अवस्थामा लघुबीमामा मात्रै काम गर्छु भन्ने दह्रो आधार नयाँ अभिकर्ताहरुले नभेटने भएकाले नै हाल काम गरिरहेका पूराना अभिकर्ता प्रयोग गर्न खोजिएको प्राधिकरण स्रोतले बतायो ।
तर, ठूला बीमा कम्पनीहरुको हकमा भने प्रधिकरणले एउटा कम्पनीको अभिकर्ता अर्को कम्पनीमा आवद्ध भएको थाहा पाएमा कारबाही गर्ने नीति कडाईका साथ अघि बढाएको अवस्था छ । एउटा जीवन बीमा कम्पनीको लागि आर्जन गरेको बीमाशुल्क, व्यवसाय अन्य बीमा कम्पनीमा पनि साटफेर गर्दा त्यसले समग्रमा वित्तीय विवरणमा समेत प्रभाव पार्नसक्ने प्राधिकरणको भनाई रहँदै आएको छ ।
लघुबीमा कम्पनीमा पनि हुबहु लागू हुनुपर्ने भए पनि प्राधिकरणले नयाँ अभिकर्ताहरुको परिक्षा लिएर मात्रै लाइसेन्स दिनुपर्ने व्यवस्था बीमा ऐनमा आए पनि तत्कालका लागि लघुबीमामा ‘एक अभिकर्ता एक कम्पनी’को बाध्यकारी नहुने व्यवस्था गरेको हो ।
कारोबार सुचारु भएको केही महिनामानै दुई बीमा कम्पनीहरुले५ सय नयाँ अभिकर्ताहरु बनाईसेकेको छ ।