सर्पको टोकाइबाट मृत्यु भएकी बीमितको प्रभु महालक्ष्मी लाइफद्वारा दाबी रकम भुक्तानी

८ आश्विन २०८०, सोमबार १२:२३

काठमाडौं ।सर्पको टोकाइबाट मृत्यु भएकी बीमितको प्रभु महालक्ष्मी लाइफले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

धनुषा जिल्ला बतेश्वर गाउँपालिका वडा नं. १ निवासी श्रीलाल महतोको ३ वर्ष ७ महिनाकी छोरी आरुषी कुमारी सिंह महतोको मृत्यु भएपछि प्रभु महालक्ष्मी लाइफले मृत्यु दाबी भुक्तानी गरेको छ। बीमित आरुषीको सर्पको टोकाइबाट मृत्यु भएपछि इच्छाइएको व्यक्ति (प्रस्तावक) तथा निजको बुबा श्रीलाल महतोलाई दाबी भुक्तानी वापत तीन लाख पचहत्तर हजार रकमको चेक हस्तान्तरण गरिएको हो ।

दुई वर्ष अघि १५ वर्षे अवधिको बीमा गरेका बीमितको अर्धवार्षिक ४ किस्ता गरि जम्मा रु. ६०,९६२ रकम भुक्तान गरेपछि मृत्यु भएको र निजको परिवारलाई सम्पूर्ण दावी भुक्तानी प्रक्रिया पुरा गरि प्रभु महालक्ष्मी लाइफले रु. ३,७५,००० रकमको दावी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ, जनकपुर शाखाले बीमितको निवासमा आयोजना गरेको दाबी भुक्तानी कार्यक्रममा उपस्थिति बतेश्वर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अशोक कुमार महतोले जीवन संकटमा पर्न आउँदा आर्थिक प्रभावलाई न्यूनिकरण गर्ने एक उचित विकल्प जीवन बीमा रहेकोे उल्लेख गरेका छन् ।

साथै जीवन बीमा कम्पनीहरुले यसरी छिटो छरितो रुपमा दावी भुक्तानी गर्दा प्रभु महालक्ष्मी लाइफ र जीवन बीमा प्रति नै विश्वास बढ्ने र आम जनता जीवन बीमा प्रति आकर्षित हुने कुरा उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफका उप क्षेत्रीय प्रमुख एल.बी. थापा मगरले दावी भुक्तानी प्रकृयालाई कम्पनीका तर्फबाट छिटो तथा सरलिकरण गर्न आवश्यक कागजात जुटाउन समेत सहजिकरण गरि जीवन बीमा व्यवसायलाई विश्वसनीय एवं मर्यादित पेशा बनाउने नीति रहेको बताएका छन् ।

उक्त कार्यक्रममा जनकपुर शाखा प्रमुख राम वरण मण्डल, सिनियर एजेन्सी म्यानेजर सीता शरण महतो, राज कुमार महतो, गुरु शरण महतो, दिपेन्द्र कुमार महतो लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

One thought on “सर्पको टोकाइबाट मृत्यु भएकी बीमितको प्रभु महालक्ष्मी लाइफद्वारा दाबी रकम भुक्तानी

  1. नारायण प्रसाद साह, सुरुङ्गा न.पा.-७,सप्तरी । says:

    सहज,सरल र छिटो भुक्तानी दिंदा प्रभु महालक्ष्मी टिमलाई धेरै धेरै धन्यवाद ।भुक्तानीयोग्य बीमाको भुक्तान सहज तरिकाले गाउँमा दिंदा बीमा अभिकर्ता र बीमा कम्पनी प्रतिको बिश्वास समाजमा बढ्दैछ ।जय प्रभु महालक्ष्मी लाइफ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*