नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजबाट सुरु
२७ असार २०७८, आईतवार १२:२३
काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि बाट सुरु भएको छ ।यी दुई संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो । राष्ट्र बैंकलेबाट गत १८ गते अन्तिम स्वीकृति पाएसँगै आजबाट यी दुई संस्थाबीच एकीकृत कारोबार भएको हो। नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ।
नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता कायम भएको छ।