आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा १३ प्रतिशत लाभांश घोषणा
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकिङ्गले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३।१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न ८औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २९ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा काठमाडौंमा साँझको ४ बजे हुनेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।