हाथवे इन्भेष्टमेण्ट नेपालको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

७ आश्विन २०८०, आईतवार १७:२४

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा क्यापिटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमो आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल बीचशेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ र हाल कम्पनीको अधिकृत पुँजी रु.१५० करोड तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ ।

यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य रु.५०।– का दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*