नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बिलम्व शुल्कमा ३० प्रतिशतसम्म छुट पाइने भएको छ ।
कम्पनीका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति बाट १८० दिन वा सो भन्दा बढि समयदेखि व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरि व्यतित भएका बीमालेखहरुलाई यही असोज ५ गतेदेखि कात्तिक १९ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरि सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने बिलम्व शुल्कमा छुट दिने भएको हो ।
१८० दिन भन्दा माथि २ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, २ वर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।
यसरी व्यतित बीमालेख पूनर्जागरण गर्दा बीमालेखमा लाग्ने बिलम्व शुल्कमा धिकतम ३० हजारसम्म छुट पाइनेछ ।