माछापुच्छ्रे बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?
७ आश्विन २०८०, आईतवार १५:०३
काठमाडौं । उकालो लाग्न खोजेको नेप्से आज साताको पहिलो दिनमा १९।४२ अंकले घटेको छ। माछापुच्छ्रे बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।
बैंकले दशै अघि नै शेयरधनीलाई लाभांश खातामा पठाउने भएसँगै बैंकमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।दोस्रो बजारमा कारोबारमा आएदेखि लगानीकर्ताहरुको आँखामा पर्दै आएको कम्पनीको शेयरमा पनि लगानीकर्ताहरुको आकर्षण उत्तिकै भएको देख्न सकिन्छ ।
त्यस्तै, एनआईसी एशिया, शिवम सिमेन्टस, हिमाल दोलखा, रिलायबल नेपाल लाइफ, सिटिजन बैंक, घोराही सिमेन्टस, सोल्टि होटल र अपी पावरको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ।