वीरगंजमा आयोजित लघु जीवन बीमा जन चेतना कार्यक्रम सम्पन्न
७ आश्विन २०८०, आईतवार १०:२७
काठमाडौं । वीरगंज महानगरपालिका वडा नं. १७ द्वारा आयोजित गार्डियन माइक्रो–लाइफको लघु बीमा जन चेतना कार्यक्रम सम्पन्न भएको छ ।
महानगरपालिकाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वडा स्तरीय १८ देखि ४० वर्षका युवाहरुका लागि उक्त कार्यक्रम असोज ६ गते सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा गार्डियन माइक्रो लाइफ कम्पनी प्रम्ुख, वीरगंज महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तथा वडा सदस्य सहित बीमा प्राधिकरणका प्रदेश प्रमुखको समेत उपस्थिति रहेको थियो ।