सातौं वर्ष प्रवेशको अवसरमा सन नेपाल लाइफद्धारा देशव्यापी बीमा सचेतना कार्यक्रम, सातै प्रदेशका १६ स्थानीय तहमा बीमा अभिमुखिकरण कार्यक्रम

६ आश्विन २०८०, शनिबार २१:१६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैंठौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा देशव्यापी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही भदौं २४ गतेदेखि आज असोज ६ गतेसम्ममा सातै प्रदेशका १६ वटा स्थानीय तहमा पुगेर बीमा सचेतनाको लागि बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बार्षिकोत्सवको अवसरमा आज शनिबार केन्द्रीय कार्यालयमा केट काटेर उत्सव आयोजना गरिएको छ । कम्पनी स्थापनाको सातौं वर्ष प्रवेशको अवसरमा खुशीयाली तथा बधाई आदान प्रदान गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।


बार्षिकोत्सवको अवसर पारेर सन नेपाल लाइफले कोशी प्रदेशको इलाम जिल्लाको माईजोगमाई तथा फाकफोकथुम गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, मधेश प्रदेशको धनुषाको लक्ष्मीनिया गाउँपालिका र मुखियापट्टी मुसर्निया गाउँपालिकामा बीमा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । सन नेपाल लाइफले मधेश प्रदेशकै पर्साको पर्सउनी र सिरहाको अर्नमा गाउँपालिकामा बीमा बारे स्थानीय जनता र स्थानीय जनप्रतिनिधि सहभागी गराई बीमाबारे जनचेतना जागाउने कार्य गरेको छ ।

 
उता, देशकै विकट कर्णाली प्रदेश अन्तर्गत दैलेखको गुराँस गाउँपालिका तथा सुर्खेतका बराहताल गाउँपालिका सन नेपाल लाइफले बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । त्यसैगरी, सुदूर पश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।


त्यसैगरी, सातौं वर्षमा प्रवेश गरेको शुभ अवसरमा कम्पनीले बागमती प्रदेश अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा बीमा सचेतना कार्यक्रम गरिएको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेश अन्गर्गत कास्कीको मादी र तनहुँको ऋषिङ्ग गाउँपालिकामा भव्य कार्यक्रम गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*