आन्तरिक सूचना चुहाएको आरोपमा धितोपत्र बोर्डद्धारा नेप्सेलाई स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको आरोपमा नेप्सेलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरुलाई सपष्टीकरण सोध्ने नेप्सेलाई बोर्डले सूचना चुहाएको आरोपमा सपष्टीकरण सोधेको हो ।धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
नेप्सेले शेयर बजार सम्बन्धी कुनै पनि सूचना आम लगानीकर्तालाई जानकारी दिन नहुने व्योहोराको साथ स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।
एउटा निजी कम्पनीलाई दोस्रो बजारको सबै तथ्यांकमा पहुँच नदिने नेप्सेलाई सचेत गराएका थियौं,’ स्रोतले भन्यो, ‘तर, यस बिषयमा वेवास्ता गर्दै आन्तरिक सूचना चुहाएको कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण मागेको जनाएको छ।
त्यसैले, सेयर लगानीकर्ता र सेयर कारोबारसम्बन्धी सबै जानकारीमा एउटा कम्पनीको पहुँचमा जाने प्रणाली बनाउनुको कारण के हो भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं ।’
धितोपत्र बजारलाई प्रभावित पार्न नेप्सेले सेयर कारोबारसम्बन्धी सबै तथ्यांकमा निजी कम्पनीलाई पहुँच दिएको आरोप लगाउँदै धितोपत्र बोर्डको सुपरभिजन विभागले नेप्सेलाई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएपछि धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले नेप्सेलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।