स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । स्टार हस्पिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । हस्पिटलले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले असोज ४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
स्टार हस्पिटल लिमिटेडले ४० करोड रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
करिब ६९ करोड चुक्तापूँजी भएको यस हस्पिटलसँग् २५ प्रतिशत अग्राधिकार शेयरसहित ८५ करोड रुपैयाँ चुक्तापूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ भन्दा माथि हुने जानकारी गराईएको छ ।
यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभिएफ सेवा र देशभरका विभिन्न स्थानहरुमा उपचार सेवाकेन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ ।