सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह
५ आश्विन २०८०, शुक्रबार १०:४४
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शेय रअभौतिकीकरण गर्न आग्रह गरेको छ। शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ।
भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद सेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपिसहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
कम्पनीस्ले अबको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापाथलीस्थित कार्यालयमा संस्थापक सेयरलाई अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।