ह्याम्स हस्पिटलले आइपीओ निष्काशन गर्ने , बोलायो बार्षिक साधारणसभा
४ आश्विन २०८०, बिहीबार १६:०४
काठमाडौं । ह्याम्स हस्पिटलले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनी सञ्चालक समितिको निर्णयले सभा असोज २६ गते कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा न ९ मा दिउसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।