लैङ्गिक आधारमा लगानी क्षेत्रमा कस्को सक्रियता बढी ? हेर्नुहोस् आँकडा सहित

४ आश्विन २०८०, बिहीबार १४:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आँकडाले लगानी क्षेत्रमा महिलाहरु भन्दा पुरुषहरु बढी सक्रिय रुपमा लागि पर्नेगरेको देखाएको छ ।

आर्थिक वर्ष २०७९।८० को लगानी क्षेत्रको आँकडाले ४२.५ प्रतिशत महिला लगानीक्षेत्रमा आवद्ध भएको देखाएको छ । सोही आँकडाले ५७.४ प्रतिशत पुरुषहरु लगानी क्षेत्रमा आबद्ध रहेको देखाएको छ । यद्यपि नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या भने बढी रहेको छ । नेपालमा महिलाको कुल जनसंख्या पुरुषको भन्दा बढी भएतापनि लगानी क्षेत्रमा पुरुषको संख्या बढी देखिएको हो ।

लिङ्गको आधारमा निकालिएको उक्त आँकडाले ०.१ प्रतिशत अन्य तथा ०.००१ प्रतिशत संस्थागत रुपमा लगानीक्षेत्रमा आवद्ध रहेको देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*