नातीको जन्मदिनमा हजुरआमाद्वारा रिलायबल लाइफको बीमा पोलिसी उपहार
४ आश्विन २०८०, बिहीबार १३:२३
काठमाडौं । नातीको जन्मदिनको अवसर पारेर हजुरआमाले रिलायबल सुलभ बाल जीवन बीमा उपहार दिएकी छिन् ।
चितवन, भरतपुर–११ की बुद्धिमाया दोङ तामाङले नाती तेन्जेन लामाको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएकी हुन् ।
उक्त बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ, हाकिम चोक शाखाका मार्केटिङ प्रमुख सुरेन्द्र गिरीले जीवन बीमाको आवश्यकता र महत्त्वको बारेमा प्रकाश समेत पारेका थिए । सो कार्यक्रममा करोडपति एजेन्सी मेनेजर विष्णु कुमारी कुँवरको समेत उपस्थिति रहेको थियो ।