आजदेखि दोस्रो बजारमा कारोबार भएको सन नेपाल लाइफको शेयरमुल्य घटाएर खरिद गर्दै ठुला लगानीकर्ता

४ आश्विन २०८०, बिहीबार १२:१३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ४७५ रुपैयाँमा भएर ५२३ रुपैयाँसम्म पुगेको छ ।

कम्पनीको शेयर प्रतिकित्ता ६० रुपैयाँले घटेर अहिले सर्वाधिक शेयर कारोबार भैरहेको छ ।  शेयर बजारका ठुला लगानीकर्ताले कम्पनीको शेयरमुल्य घटाएर खरिद गरी रहेको आशंका गरिएको छ ।

कारोबारमा आएको केही समयमा नै कम्पनीको आईपीओ सर्वाधिक कारोबार भैरहेको छ । शेयर बजार पनि २०१८ को बिन्दु माथि कायम रहेको छ । समाचार तयार पार्दासम्ममा कम्पनीको नौ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भैसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*