सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं
४ आश्विन २०८०, बिहीबार १०:२३
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ ।
कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।