सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा, बार्षिक साधारण सभा पनि आह्वान
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो बाह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयले सभा असोज २५ गते सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर, काठमाडौंमा आयोजना गरेको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९।८० सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत अर्थात पाँच करोड रुपैयाँ सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फवाट प्रस्तुत आव २०७९।०८० को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, आव २०७९।०८० को लेखापरिक्षणको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने भएको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०८०।०८१ को लागि लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।