सवारी साधन खरिद गर्न चाहानुहुन्छ ? नेपाल इन्स्योरेन्सले बोलपत्रद्वारा सवारी साधन बिक्री गर्दै
३ आश्विन २०८०, बुधबार १६:०१
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले प्रयोग गरेको उल्लेखित सवारी साधन जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले १९ लाख ४४ हजार ३८२ रुपैयाँ १३ पैसा तोकेको छ ।
उक्त सवारी साधन खरिद गरी लिन इच्छुकले असोज २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।