शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णयमा राष्ट्र बैंक ,लगानीकर्ताको गाली गभर्नरलाई भारी

३ आश्विन २०८०, बुधबार १३:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णय गरेको छ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा खुलाउने तयार भएको छलफलमा गरिएको उच्च स्रोतले जनाएको छ ।

बजेटमा आएको नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डमार्फत कार्यान्वयन गर्नुपर्ने व्यवस्था कार्यान्वयनको सम्बन्धमा छलफल गर्न मंगलबार समितिको बैठक बसेको थियो । यसअघि पनि राष्ट्र बैंकमा १२ करोडको सिमा खोल्ने बिषयमा थुप्रै छलफलहरु भएका थिए ।

मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलले यस बिषयलाई अन्तिम हुने गरी छलफल गरिएको जनाएको छ ।बैठक एजेडाअनुसार नै छलफल भएपनि अन्तिममा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको विषयमा छलफल भएको हो ।

छलफलको अन्तिमतिर अर्थमन्त्री डा. प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको भन्दै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताएका थिए । त्यसका लागि राष्ट्र बैंक केही लचिलो बन्न अर्थमन्त्री महतले गभर्नर अधिकारीलाई आग्रह गरेको स्रोतको दाबी छ ।

गर्भनर अधिकारी १२ करोडको सीमाको कारण शेयर बजारका आम लगानीकर्ताबाट गालीको सिकार बनीरहेका छन् ।बैठकमा उनले ‘१२ करोडको सीमाले गर्दा सबैको गालीको पात्र बनेको सीमा हटाएपछि गाली गर्ने पात्र पनि फेरिएला भन्ने आश्य व्यक्त गरेको स्रोतले जनाएको छ ।

पछिल्लो गभर्नरको कार्यशैलीलाई लिएर अर्थमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) समेत असन्ृष्ट देखिन्छन् । सेयर बजारदेखि सबै क्षेत्रका लगानीकर्ताले गभर्नर अधिकारीलाई मात्रै यसको मुख्य भागिदार समेत बनाएका छन् । यसै बिषयलाई लिएर सामाजिक संजालमा भाइरल भएको उनको मिमको बिषयमा साईबर ब्युरोमा समेत उजुरी दिएका थिए ।

मंगलबारको छलफलबाट मात्रै गभर्नर अधिकारी १२ करोडको सीमा हटाउन तयार भएका भने होइनन् । त्यसअघि सोमबार पनि गभर्नर अधिकारी र अर्थमन्त्री डा. महतबीच छुट्टै छलफल भएको थियो ।अर्थमन्त्री महतले १२ करोडको सीमा हटाउन प्रस्ताव गरेपछि गभर्नर अधिकारीले भने १२ करोडको सीमाले गर्दा नै आफैं सबैका तारो बनेको भन्दै त्यसलाई हटाउने बताएको स्रोतको दाबी छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गरेको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट १२ करोडभन्दा माथिको मार्जिन प्रकृतिको सेयरधितो कर्जा लिएका ऋणीलाई उक्त ऋण १२ करोडमा झार्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजारसँग सम्बद्ध निकाय, अर्थमन्त्रालयअन्तरगतको उच्चस्तरीय आर्थिक समितिका सदस्यहरुसँग छलफल गरिसकेको छ ।
त्यस्तै, सांसद हरी ढकालले गर्भनरलाई पनि भेटवार्ता गरिसकेका छन् । अर्थमन्त्री डा. महतसँगको छलफलमा गभर्नरले १२ करोडको क्यापको विषयमा नयाँ व्यवस्था ल्याउने बिषयमा अन्तिम निर्णय दिइसकेको छ।

 

One thought on “शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णयमा राष्ट्र बैंक ,लगानीकर्ताको गाली गभर्नरलाई भारी

  1. किस्न says:

    यऊटै माडवारिलाई १०००० करोड रिण दिने हामि नेपालि लाई किन वन्देज थुक्क नेपाल को गोबे्हरु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*