दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसूचकमा उछाल
२ आश्विन २०८०, मंगलवार १५:०७
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर १९८५ को विन्दुमा कायम भएको छ ।
आज ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजारको कारोबार भएको छ । आज १८२ कम्पनीको शेयरमूल्य बढ्दा ३६ कम्पनीको घटेको छ भने १० कम्पनीको शेयरमूल्यमा कुनै हलचल आएको छैन ।
शेयरबजारमा सुधार देखिएसँगै आज ११ उपसूचकमा हरियाली छाएको छ भने ट्रेडिङ उपसूचक ०.९३ र होटल तथा पर्यटन उपसूचक ०.०९ प्रतिशतले घटेको छ । आज हाइड्रोपावर उपसूचकमा ३.२१ प्रतिशतको उछाल आएको छ । फाइनान्स उपसूचक १.९५ र विकास बैंक उपसूचक १.४८ प्रतिशतले बढेको छ ।