लभांश प्रस्तावसहित नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारणसभा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज २६ गते रोयल कुश्मा रिसोर्ट, पर्वतमा आह्वान गरेको हो । सभा दिउँसो १ः३० मिनेटमा सुरु हुनेछ ।
सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए बमोजिम वित्तीय संस्थाको आव २०७७।७८ सम्मको संचित मुनाफा र आव २०७८।७९ को खुद मुनाफा मध्येबाट २०७९ आषाढ मसान्त सम्ममा कायम चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँको १७ दशमलव ९३४२ प्रतिशतले हुने (चार करोड सन्ताउन्न लाख बत्तिस हजार दुई सय दश रुपैयाँ मात्र) नगद लाभांश (नगद लाभांसमा लाग्ने कर प्रयोजनमा लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूबाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसुचीहरु उपर छलफल प्रस्ताव पारित गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९।८० को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीहरुमा संस्थाको चुक्ता पुँजी शंसोधन तथा अन्य आवश्यक संशोधन गर्नु पर्ने भएमा छलफल गरी शंसोधन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने भएको छ ।
संस्थाले वार्षिक साधारण सभा प्रयोजनको लागि असोज १८ गतेदेखि २६ गतेसम्म बुुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असोज २५ गतेसम्म कायम शेयरधनीले मात्रै आगामी वार्षिक साधारण सभामा सहभागि र प्रस्तावित लाभांश पाउनेछन् ।