दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

३१ भाद्र २०८०, आईतवार १०:४४

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।

राप्ती हाइड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ भने दोर्दी खोलाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*