१५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकि, उत्कृष्ट चारले घोषणा गर्दै, कुनले कति ?

२९ भाद्र २०८०, शुक्रबार १९:४४

काठमाडौं । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई बैंकले राष्ट्र बैंकमा लाभांश पारितको लागि प्रस्ताव लैजाने भएकोछ । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई लाभांश प्रस्ताव गर्ने अबको बैंकहरु रहेका छन्।

कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । बाँकी १९ मध्ये ४ वटाले लाभांश प्रस्ताव गरिसकेका छन् । अझै १५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । सोमध्ये सबैभन्दा धेरै लाभांश दिने चार बैंकमाथि लगानीकर्ताहरुको ध्यान केन्द्रित भएको देखिन्छ ।

स्टयाण्डर्ड चार्टर्डले २९ प्रतिशत, नबिल र कृषि विकास बैंकले करिव १५ प्रतिशत तथा एसबीआईले करिव १४ प्रतिशत लाभांश दिन सक्ने क्षमता भएकाले यी बैंकको शेयरमा लगानीकर्ता ध्यान जान थालेको हो ।

अहिलेसम्म ४ बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*