फाइनान्सहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको देखिन्छ ।
बुधबार फाइनान्स इन्डेक्स ३ दशमलव २० प्रतिशत अर्थात ५३ रुपैयाँले बढेर एक हजार ७३० को विन्दुमा कायम भएको छ । फाइनान्सको शेयर मूल्य २ सय रुपैयाँदेखि माथिदेखि साढे ५ सय मुनि नै रहेका छन् । यो साता कारोबार भएका सबै फाइनान्सको शेयर मूल्य वृद्धि भई कारोबार बन्द भएको छ ।
फाइनान्सहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य मन्जुश्री फाइनान्सको रहेको छ । त्यस्तै, गोर्खाज फाइनान्स, आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स लगायतको शेयरमूल्य बढी रहेको छ ।