विकास बैंकहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)
२९ भाद्र २०८०, शुक्रबार १८:२१
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको देखिन्छ ।
बुधबार विकास बैंकको इन्डेक्स २ दशमलव ८८ प्रतिशत अर्थात १०६ रुपैयाँले बढेर तीन हजार ८०७ को विन्दुमा कायम भएको छ । विकास बैंकहरुको शेयर मूल्य २ सय माथिदेखि साढे ४ सय मुनि नै रहेका छन्। यो साता कारोबार भएका सबै विकास बैंकको शेयर मूल्य वृद्धि भई कारोबार बन्द भएको छ ।
विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य कामना सेवा विकास, सांग्रिला विकास, ज्योति विकास बैंक लगायतको शेयरमूल्य बढी रहेको छ ।