मेट लाइफको नयाँ मोबाइल एप सार्वजनिक, मोबाईलबाटै जीवन बीमा गर्न सकिने सुविधा
काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले विद्युतिय प्रविधिमा आधारित जीवन बीमा गर्न उपयोगी मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ओएनई (वान) नामक नयाँ मोबाईल एप सार्वजनिक गरेको हो ।
नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा कम्पनीको नयाँ मोबाईल एप सार्वजनिक गएिको हो । सो कार्यक्रममा मेट लाइफको नेपालस्थित शाखा कार्यालयका सिईओ निर्मलकाजी श्रेष्ठले सबै अतिथिहरुको स्वागत गरेका थिए ।
मेट लाइफ इन्स्योरेन्स नेपालमा वान नामक नयाँ मोबाईल एप सार्वजनिक गरेसँगै जीवन बीमा झनै सहज र डिजिटल मैत्री हुने विश्वास लिएको कम्पनीले जनाएको छ । मेट लाइफको आफ्ना अभिकर्ता तथा बीमितहरुलाई अब मोबाईल एपबाटै जोड्न सजिलो हुने नयाँ एपको आजदेखि सुरुवात गरेको हो ।
मेट लाइफका सिईओ निर्मलकाजी श्रेष्ठले १० महिनाको रिसर्च तथा परिक्षण पछि नयाँ मोबाईल एप सार्वजनिक गरिएको जनाउँदै आम सर्वसाधारणले ढुक्क भएर बीमा सुविधा लिन सकिने बताए ।