६.३१५८प्रतिशत नगद लाभांशसहित प्रभु क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २५ गते बसेको बैठकले ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज १९ गते काठमाडौंमा दिनको १ बजे सुरु हुनेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।