लाभांश घोषणाको तयारीसँगै बैंकहरुको मूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)

२८ भाद्र २०८०, बिहीबार १७:१२

काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भैरहेको छ । हालसम्म  माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकले चाँही लाभांश घोषणा गरिसकेका छन् । एनआईसी एशिया र सानिमा बैंकको लाभांश घोषणा तयारी चाँही अन्तिम अवस्थामा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार ३९.४८ अंकले बृद्धि भई २००७.०६ को विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बृद्धि भएसँगै सम्पुर्ण उपसुचकमा हरियाली छाएको छ ।

बुधबार बैंकिङ उपसूचकमा कारोबार भएका १९ वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकको शेयरमूल्य बढ्दा तीन बैंकको मात्र घटेको छ । वाणिज्य बैंकहरुको बुधबार भएको शेयर कारोबारको आधारमा एभरेष्ट बैंकलाई पछि पार्दै एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बुधबार बैंकको शेयरमूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको नेप्सेले देखाएको छ ।

यो साता शेयर कारोबारको अन्तिम दिनमा एभरेष्ट बैंकको ६२६ रुपैयाँ, नबिल बैंकको ५८८ रुपैयाँ, स्टाण्डर्ड चार्टड बैंकले ५६७ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३४१ रुपैयाँ र कुमारी बैंकको शेयरमूल्य १५९ रुपैयाँले सबैभन्दा कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*