युनियन लाइफको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन

२४ असार २०७८, बिहीबार १७:३४

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख ८८ हजार बराबरको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा छिटोमा असार २८ गते बन्द हुने आईपिओमा पाँच दिनसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार न्यूनतम् १० कित्ता देखि अधिकतम् ३२ हजार २५० कित्तासम्म आवेदन दिने सकिने उक्त आईपिओमा २१ लाख जति आवेदन पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । यसअघिका दुई आईपिओमा २१ लाख सम्म आवेदन परेकोले युनियन लाइफको आईपिओमा पनि २१ लाख जति आवेदन पर्ने अनुमान छ ।

आईपिओ बाँडफाँड सम्बन्धी नियम अनुसार न्यूनतम् १० कित्ताका दरले बाँडफाँड गर्दा पाँच लाख ८० हजार ५०० जनाले मात्रै आईपिओ पाउने छन् ।कूल निष्काशित ६४ लाख ५० हजार कित्ता आईपीओ कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । सो सुरक्षित गरिएको आईपिओ पश्चात बाँकी रहन आएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओमा मेरो शेयर एपमार्फत र सि आश्वा सदस्यता प्राप्त (प्रायः सबै बैंकका शाखा) मार्फत भौतिक रुपमा उपस्थित भएर शेयर भर्न सकिने जनाएको छ । डिम्याट खाता भएका सबैले शेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*