चुक्ता पुँजी र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेन तीन लघु बीमा कम्पनी, प्राधिकरण मौन
काठमाडौं । लघु बीमा कम्पनीले न्यूनतम पुँजी पुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेको छ।पुँजीपुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन नै बसिरहेको छ ।
प्राधिकरणबाट लघु बीमा व्यवसाय सञ्चालन गर्ने लाइसेन्स दिने समय थप गरेको समय बितिसक्दा पनि तीन कम्पनीलाई पुँजी जुटाउने समय अवधि थप दिएको थियो ।सो मध्ये दुईले पुराएका छन् भने बाँकि एकले अझै पुँजी पुराउन सकेको छैन ।
प्राधिकरणले न्यून आय भएका वर्गहरूमा पुग्ने हेतुले संचालनमा ल्याउन लाइसेन्स दिएका सात कम्पनीमध्ये चारले कारोबार सुरु गरिसकेका छन् ।बाँकि दुईले पुँजि पुराएपनि प्राधिकरणले तोकेको पूर्वधार जुटाउन सकेको छैन भने एक कम्पनी अझै पुँजी जुटाउन संस्थापक सेयरधनीको खोजीमा हिँडिरहेको छ ।
प्राधिकरणले तोकेको समयमा पनि पुँजी पुराउन नसक्दा र आवश्यक पूर्वधार बनाउन नसक्दा पनि प्राधिकरण मौन नै रहेको देखिन्छ ।प्राधिकरणले कसैलाई लाखा र कसैलाई पाखा गरेको यसबाट स्पष्ट देखिने हाल संचालमा आएका एक लघु बीमा कम्पनीका सिईओले बीमापोष्टलाई बताएका छन् ।
त्यसै त अर्थमन्त्री प्रकाशशरण महतले पनि लघु बीमा कम्पनीको प्रकृया किन ढिला भईरहेको भन्ने बिषयमा प्राधिकरणका अध्यक्षलाई स्पष्टीकरण समेत मागेको थियो।
अर्थमन्त्रीको पटक पटकको दबाबपछि स्टार माईक्रो इन्स्योरेन्स र लिबर्टी इनर्जी इन्स्योरेन्सले हतार हतारमा पुँजी पुराएको थियो । बुटवल केन्द्रीय कार्यालय रहने गरी एलओआई लिएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने अझै लगानी जुटाउन सकेको छैन् ।
प्राधिकरणका अनुसार अहिले ती कम्पनीले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडानलगायत काम गरिरहेका छन् ।प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सात कम्पनीलाई लाइसेन्स दिएको थियो ।
तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार शुरू गरिसकेका छन् ।
प्राधिकरणका अनुसार लाइसेन्स पाएका चारओटा लघु बीमा कम्पनीले कारोबार शुरू गरिसकेको र बाँकी तीन कारोबार शुरू गर्ने प्रक्रियामै रहेको बताउँछन् ।कम्पनीले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी तोकिएको समयमा नै पुयाउन नसक्दा केही ढिला भएको हो ।अहिले भने कम्पनीहरूले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पु¥याइसकेका छन्,’ उनले भने, ‘अहिले उनीहरूले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडान, कर्मचारी नियुक्तिलगायतका काम गरिरहेका छन् ।’
मधेस प्रदेशको जनकपुरमा केन्द्रीय कार्यालय रहने गरी स्टार माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स पाइसकेको छ ।आवश्यक पूर्वधार, सफ्टवेयर र पोलिसीको काम भने सुरु गर्न लागिएको कम्पनीले जनाएकोछ ।
त्यस्तै, गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहने गरी लिबर्टी माइक्रो लाइफले पनि दशै अघि नै कारोबार शुभारम्भ गर्ने काँटछाँट देखिन्छ ।बुटवल केन्द्रीय कार्यालय रहने गरी एलओआई लिएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने अझै लगानी जुटाउन सकेको छैन।
हाल विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफ, चितवन केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स, सुर्खेत केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफ र धनगढी केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रोले कारोबार शुभारम्भ गरेर कारोबार गर्दै आईरहेका छन् ।
लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ । लघुबीमा कम्पनीहरूले गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्नुका साथै लघु उद्यमशीलताको विकास गर्न लक्षित वर्गको सम्पत्ति तथा जीवनमा पर्ने जोखिम सुरक्षण गर्ने गरी बीमालेख जारी गर्नुपर्छ ।