अरुण काबेली पावरको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । अरुण काबेली पावरले भदौ ११ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा ६२ करोड बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा ५९ हजार ५३५ जनाबाट ६२ लाख ९७ हजार ९२ कित्ता बराबर ६२ करोड ९७ लाख नौ हजार २ सय रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।