बीमा प्राधिकरणले सर्भेयरको परीक्षा असोज २ गते लिने, कसरी गर्ने रजिष्टर ? (सूचनासहित)
२५ भाद्र २०८०, सोमबार १३:३७
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुको सर्भेरयरको परिक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको हो ।
सर्भेयर परिक्षाका लागि नबिल बैंकको सम्बन्धित खातामा पाँच सय रुपैयाँ दस्तुर जम्मा गरी प्राधिकरणले दिएको आधिकारीक वेबसाईट मार्फत भदौ ३० गतेसम्म रजिष्टर गर्नुपर्ने प्राधिकरणले जनाएको छ । रजिष्टर भएका व्यक्तिहरुको नामावली भदौ ३१ गते सार्वजनिक गरिने भएको छ ।
बीमा सर्भेयरको परीक्षा असोज २ गते अनलाईन मार्फत बिहान ११ बजेदेखि सञ्चालन गरिने भएको छ ।