एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनार्थको लागि असोज २ गते बुकक्लोज गर्ने

२५ भाद्र २०८०, सोमबार १०:२८

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असोज २ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फण्डले आफ्ना इकाईधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ६.८ प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । फण्डको योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*