ईसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तानी गरेर आकर्षक पुरस्कार जित्न सकिने

२४ भाद्र २०८०, आईतवार १९:०८

भुक्तानी सेवा प्रदायक कम्पनी सेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तानी गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर ल्याएको छ । कम्पनीले अकाउन्टमा लिंक गरिएका बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको हो ।

२० भदौदेखि १८ असोजसम्म सञ्चालन हुने यो अफर अन्तर्गत बम्पर उपहार विजेताले ३५० सीसीको मोटरसाइकल जित्न सक्ने छन् । उपहारका लागि योग्य हुन सहभागीहरूले योजना अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाता प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ ।

लिङ्क गरिएको बैंक खातामार्फत आन्तरिक राजस्व विभागको कर भुक्तानी १० हजारसम्म शतप्रतिशत क्याशब्याक, बैंक ट्रान्सफर गर्दा अथवा माइक्रो फाइनान्सको भुक्तानी गर्दा एक लाखसम्मको शपिङ भौचर, कोल्याट्रल लोड तथा बिल भुक्तानी गर्दा शत प्रतिशत क्याशब्याक ९२० हजारसम्म०, क्रेडिट कार्डको भुक्तानी गर्दा शतप्रतिशत क्याशब्याक ९१० हजारसम्म०, इन्टरनेट महसुल तिर्दा टिभी उपहार एक एक जनाले मासिक रूपमा पाउनेछन् ।

त्यस्तै साप्ताहिक उपहारतर्फ लिङ्क गरिएको बैंक खाता मार्फत बैंक अकाउन्ट लोड गर्दा स्मार्टफोन, बिजुलीको बिल भुक्तानीमा इन्डक्सन चुलो, आन्तरिक हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्याशब्याक, एक जोडीलाई होटल बुकिङ निःशुल्क, क्यूआर भुक्तानीमा पाँच हजारसम्म शतप्रतिशत क्याशब्याक, स्कुल कलेजको शुल्क तिर्दा पाँच हजारसम्म शतप्रतिशत क्याशब्याक, खानेपानीको महशुल तिर्दा वाटर डिस्पेन्सर रहेका छन् ।

यसैगरी दैनिक पुरस्कारमा हवाई टिकेट खरिदमा सबैलाई एक प्रतिशत वा ७५ रुपैयाँसम्मको प्रोमोकोड, मोबाइल रिचार्जमा एक हजारसम्म शतप्रतिशत क्याशब्याक एक जनालाई, लाइभ इन्स्योरेन्स नवीकरण गर्दा एक जनालाई ईसेवा केयरको सुविधा ९दुई लाख रुपैयाँसम्मको इन्स्योरेन्स०, टेलिकमको फाइबर नेटको भुक्तानी गर्दा एक जनालाई शतप्रतिशतसम्म क्याशब्याक एक हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

यसैगरी अन्य दैनिक उपहारमा लिङ्क गरिएको बैंक खाताबाट एन्टिभाइरस खरिद गर्दा पाँच सय रुपैयाँसम्म शतप्रतिशत क्याशब्याक पाउन सकिनेछ ।

दैनिक पुरस्कार विजेताको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ । दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारका लागि पनि योग्य हुनेछन् ।

साप्ताहिक पुरस्कार विजेताको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ । साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारका लागि पनि योग्य हुनेछन्।

उपहार ह्याम्पर सङ्कलन गर्न विजेताले आफ्नो प्यानकार्ड विवरण बुझाउनुपर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्ने हुन्छ ।

त्यस्तै नेपालको प्रचलित कानून अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५५ रकमको कर लाग्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*