आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको निर्जिवन बीमा अभिकर्ताको तालिम सुरु
२४ भाद्र २०८०, आईतवार १९:०४
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज देखि निर्जिवन बीमा अभिकर्ताको तालिम सुरु गरेको छ । पहिलो दिनको कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम २७ गतेसम्म संचालन हुनेछ । तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले जनाएको छ ।
तालिम कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आयोजना हुनेछ । उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।