उच्च लाभांश क्षमता भएका तीन वाणिज्य बैंकले लाभांश घोषणा गर्दैै, कुनले कति ?
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरू भएसँगै नेप्सेमा सूचिकृत कम्पनीहरूको लाभांश सिजन पनि सुरू भएको छ । केही सूचीकृत कम्पनीहरूले लाभांश घोषणा पनि गरिसकेका छन् ।
हालसम्म नेप्सेमा सूचिकृत एउटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ । एभरेष्ट र एनआईसी एशिया बैंक र सानिमा बैंकको लाभांश पारितको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृती पर्खेर बसेका छन् ।लाभांश घोषणा गर्ने बैंकमा माछापुच्छ्रे बैंक प्रथम बनेको हो । बैंकबाहेक कतिपय म्युचुअल फण्डहरूले पनि लाभांश घोषणा गरिसकेका छन् ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ ।चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले १५.२९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता थियो ।
एभरेष्ट बैंक लिमिटेड
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको रहेको छ । एभरेष्ट बैंकले कुल ४०.५० प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रूपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंक लिमिटेड
दुई बर्षदेखि लगानीकर्तालाई प्रतिफल दिन नसकेको एनआईसी एशिया बैंकले यस बर्ष लाभांश दिने तयारी गरेकोछ ।
चौथौ त्रैमासको वित्तिय विवरण अनुसार एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रूपैयाँ रहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक पनि यस बर्ष सर्वाधिक लाभांश बाँड्न सक्ने बैंक रहेको छ । सानिमा बैंकले १७.७३ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रूपैयाँ रहेको छ ।