माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख बढीले पाए शेयर

२४ भाद्र २०८०, आईतवार १०:०४

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कुल १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ता शेयर माग भएकोमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ । प्रमाणित कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ ।

कम्पनीको आईपीओ भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन । यस हिसाबले सदर आवेदकमध्ये ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको छ ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*