विकास बैंकहरुको शेयर मूल्य २ सय माथिदेखि ४ सय मुनि नै, सबैको शेयर मूल्यमा गिरावट

२३ भाद्र २०८०, शनिबार १०:३१

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने एक दिनमात्रै बढेको थियो । अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ।

अघिल्लो साता बजारमा २३ अंकको गिरावट आएको थियो। ६ विकास बैंकको शेयर मूल्य मात्रै २ सय रुपैयाँको हाराहारीमा रहेको छ । बाँकिको शेयर मूल्य ३ सय रुपैयाँ प्रतिकित्ता रहेको छ ।

विकास बैंकहरुको शेयर मूल्य २ सय माथिदेखि ४ सय मुनि नै रहेका छन्। यो साता एक विकास बैंकको शेयर मूल्य पनि वृद्धि नभई कारोबार बन्द भएको छ ।
विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य मितेरी, मुक्तिनाथ र लुम्बिनी विकास बैंकको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*