लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु (एलटीपीसहित)

२२ भाद्र २०८०, शुक्रबार १५:५४

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बिहीबार) शेयरबजार २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । बजारमा गिरावट आएसँगै अधिकांश उपसूचक राताम्मे भएका छन् । बिहीबार माइक्रोफाइनान्स उपसूचक १.३८ प्रतिशतले घटेको छ ।

बुधबार माइक्रोफाइनान्स उपसूचकमा कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ४३ वटाको घट्दा १ कम्पनीकोे चाँही स्वहीमूल्यमा शेयर कारोबार भएको छ ।

लघुवित्त कम्पनीको बिहीबार भएको शेयर कारोबारको आधारमा आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ९९८ रुपैयाँमा कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको नेष्डो समृद्ध लघुवित्तको १८ सय र तेस्रो नम्बरमा रहेको महुली लघुवित्तको १७४० रुपैयाँमा कारोबार भएको छ । यस अवधिमा लघुवित्त कम्पनीहरुमध्ये समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँले सर्वाधिक कम रहेको छ ।

बिहीबार कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये बृद्धिदरका आधारमा सपोर्ट लघुवित्तको १ दशमलव ९९ प्रतिशतले सर्वाधिक बढेको छ । दोस्रो नम्बरमा एनआईसी एशिया, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै, नेरुडे लघुवित्त वित्तीय संस्था, एनएमबि लघुवित्त, नेशनल लघुवित्त, किसान लघुवित्त, उपकार लघुवित्त, निर्धन उत्थान लघुवित्त लगायत ४४ कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*