सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने भएकोछ । १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएको उक्त आइपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले उक्त आईपीओ आगामी साता बाँडफाँड हुने जनाएकोछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो ।कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।