२८ अंकले घट्यो नेप्से, २०३ कम्पनीको शेयरमूल्यमा गिरावट

२१ भाद्र २०८०, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको छ । २१ कम्पनीको शेयरमूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्से घटेसँगै १३ वटै उपसूचक घटेको छ । आज सर्वाधिक हाइड्रोपावर उपसूचक २.५२ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य उपसूचक २.०४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*