शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प

२० भाद्र २०८०, बुधबार १८:०१

काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ ।

प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ ।नेप्से १९ सयको विन्दुमा घटेको बेला केही कम्पनीको शेयर मूल्य प्रिमियम मूल्यमै पाउन थालिसकेको छ । दुई बैंकसहित अधिकांश हाईड्रोपावरको शेयर अहिले सस्तो मूल्यमा किन्न पाउने अवसर लगानीकर्ताहरुलाई रहेको छ ।

लगातारको शेयर बजारमा ओरालो यात्रा सुरु हुँदा ७४ रूपैयाँदेखि १५० रुपैयाँसम्म पाउने शेयर दोस्रो बजारमा उपलब्ध रहेको छ ।

हिजो आइतबारको अन्तिम कारोबारको आधारमा हेर्दा नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० वटा कम्पनीहरूमध्ये ७ वटा हाइड्रोपावर रहेका छन् । त्यसपश्चात् २ वटा बैंक र एउटा लघुवित्त रहेको छ ।

नेप्सेमा सूचिकृत कम्पनीहरुमध्येमा सबैभन्दा सस्तो कम्पनी समाज लघुवित्त रहेको छ । हिजो मंगलबारको अन्तिम कारोबार मूल्य अनुसार समाज लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७४ रूपैयाँ रहेको छ ।

समाज लघुवित्तको शेयर मूल्य ७४ रुपैयाँ रहेको छ । लुघवित्तको शेयर मूल्य दोस्रो बजारमा प्रवेश गरेदेखि नै १०० रुपैयाँमुनि नै रहेको छ ।

त्यस्तै, हिमाल दोलखाको १३० रुपैयाँ, नेशनल हाईड्रोको १४० रुपैयाँ, शिव श्रीको १४१ रुपैयाँ, दिव्यश्वरीको १४३ रुपैयाँ, आँखुखोलाको १५५ रुपैयाँ, कुमारी बैंकको १५५ रुपैयाँ, पञ्चकन्या माई हाईड्रोपावरको १५८ रुपैयाँ, प्रभु बैंकको १६१ रुपैयाँ र मोदी इनर्जीको १६१ रुपैयाँ प्रतिकित्ता रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*