आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

२० भाद्र २०८०, बुधबार १७:४२

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरा शाखाले पहिरोबाट क्षतिग्रस्त डडेल्धुराको तुफानडाँडास्थित एलिसा हार्डवेयर एन्ड सप्लायर्सलाई बीमा दाबीबापत ३३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स डडेलधुराका शाखा प्रबन्धक दीपक भट्टराईले हार्डवेयरका प्रोपाइटर यक्षराज पाण्डेयलाई ३३ लाख रुपैयाँ बीमांक रकमको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले डडेल्धुराकै शैपाल अटोमोबाइल्स प्रालिका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको थियो । डडेलधुरा शाखाले एकै महिनामा दुईवटा क्लेम सेटल गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*