उत्कृष्ट प्रतिफल दिने एभरेष्ट र एनआईसी एशिया बैंकले लाभांश घोषणाको तयारी गर्दै, कुनले कति दिँदैछन् ? (लाभांश इतिहाससहित)
काठमाडौं । एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले लाभांश पारितका लागि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा बुझाएका छन् । यी दुबै बैंकले यसै महिना भित्र लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्र बैंकमा पेश भएको वित्तीय विवरण पारित भएपश्चात् एनआईसी एशिया र एभरेष्ट बैंकले लाभांश घोषणा गर्ने तयारी गरेका हुन् । केन्द्रीय बैंकको सबै प्रक्रिया पुरा भईसकेपछि यी दुबै बैंकको वित्तीय विवरणमा राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिनेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले एजिएम सम्पन गरेमा केन्द्रीय बैंकबाट सो आवको वित्तीय विवरण पेश गरी पारित गर्नूपर्ने व्यवस्था रहेको छ । केन्द्रीय बैंकको सम्पूर्ण प्रक्रिया पश्चात बैंक वा अन्य वित्तीय संस्थाले लाभांश घोेषणा गर्न पाउने व्यवस्था रहेको छ ।
एभरेष्ट बैंक
बैंकहरुले कति लाभांश घोषणा गर्ने भन्ने विषयमा स्वयम् बैंकको वित्तीय विवरणमा निर्भर रहन्छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा एभरेष्ट बैंकको सबैभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । यस अवधिमा बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । त्यस्तै, वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशतसम्म लाभांश बाड्न सक्ने वित्तीय विवरणले देखाएको छ ।
समीक्षा अवधिसम्म बैंकहरुको लाभांश इतिहास हेर्ने हो भने एभरेष्ट बैंकले विगत १२ आर्थिक वर्षदेखि निरन्तर आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको छ । बैंकले आर्थिक वर्ष ०७२।०७३ मा सर्वाधिक लाभांश वितरण गरेको थियो सो आवमा बैंकले ७० प्रतिशत बोनस र ३.६७५ गरी कुल ७३.६७३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसका साथै बैंकले आव ०७०।०७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी कुल ६२ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आव ०६७।०६८ मा कुल ६० प्रतिशत, ०६८।०६९ मा ३१.५८ प्रतिशत, आव ०६९।०७० मा कुल ६०.५३ प्रतिशत, आव ०७१।०७२ मा ३६.५७ प्रतिशतले लाभांश वितरण गरेको थियो ।
एभरेष्ट बैंकले आर्थिक वर्ष ०७३।०७४ मा ३४.७४ प्रतिशत, आव ०७३।०७५ मा २० प्रतिशत, आव ०७४।०७६ मा २५ प्रतिशत, आव ०७६।०७७ मा १०.५३ र अघिल्लो आवमा २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष ०७७।७८ मा ६ प्रतिशत बोनस र ४.३२ गरी १०.३२ प्रतिशतले सबैभन्दा कम लाभांश वितरण गरेको थियो ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले विगत दुुई आर्थिक वर्षदेखि लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सकिरहेको छैन । एनआईसी एशिया बैंकले क्यापिटल एडुकेसी रेसीओ (पुजी कोष अनुपात) सीमा पुरा गर्न नसक्दा बैंकलाई लाभांश वितरणमा राष्ट्र बैंकले निरन्तर रोक लगाएको थियो ।
राष्ट्र बैंकले यस्तो सीमा ११ प्रतिशत तोकेको छ । सो सीमा पुर्याउन नसकेको कारणले गर्दा बैंकले लाभांश घोषण सकेको थिएन । यस वर्षभने बैंकले लाभांश दिने प्रक्षेपण गर्न सकिन्छ ।
निरन्तर २ वर्षदेखि निराश रहेका एनआईसी एशिया बैंकका लगानीकर्ताहरुको मुहारमा यस वर्ष खुशियाली आउने सम्भावना रहेको छ ।
वाणिज्य बैंकहरुमध्ये लाभांश वितरण गर्न सक्ने क्षमताको आधारमा एनआईसी एशिया बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले विगतका ८ आर्थिक वर्षसम्म आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको इतिहास रहेको छ ।
बैंकले आर्थिक वर्ष ०७।०७२ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । बैंकले यस आवमा आफ्ना शेयरधनीलाई ३९ प्रतिशत बोनस र २.०५ प्रतिशत नगद गरी ४१.०५ प्रतिशतले लाभांश वितरण गरेको थियो ।
त्यस्तै, बैंकले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष ०७०।०७१ मा ३० प्रतिशत, आव ०७२।०७३ मा कुल २७.३७ प्रतिशत, आव ०६९।७० र आव ०७६।०७७ मा २० प्रतिशतका दरले तथा आव ०७५।०७६ र ०७३।०७४ मा २१ दशमलव ०५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।