एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१९ भाद्र २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५१ रुपैयाँले बृद्धि भई ५६१ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नेरुडे लघुवित्तको ९.८५ प्रतिशत, इङ्वा हाइड्रोपावरको ७.३२ प्रतिशत, सान्जिन जलविद्युतको ६.४८ प्रतिशतले बृद्धि भएको छ । यसका साथै आज नेप्सेमा कारोबार भएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*