साल्ट ट्रेडिङ्ग र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
१९ भाद्र २०८०, मंगलवार १५:०५
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफको २ करोड ८२ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।